देश

मुक्तिनाथ विकास बैंकमा ई–सेवाबाटै खाता खोल्न सकिने

काठमाडौं, भदौ १९–अबदेखि मुक्तिनाथ विकास बैंकको खाता खोल्न बैंकमै पुग्नुपर्ने बाध्यता टरेको छ । सो बैंकमा बचत खाता खोल्न चाहने ग्राहकहरूले अबदेखि ई–सेवामार्फत पनि खोल्न सक्ने भएका छन् । बैंक र ई–सेवाबीच सोसम्बन्धी सम्झौता भएसँगै त्यस्तो सेवा पाउन सकिने भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र ई–सेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका हुन् । यसरी ई–सेवामार्फत खोलिएका सबै बचत खाताहरूमा पहिलो वर्षका लागि मोबाइल बैंकिङ सेवासमेत निःशुल्क उपलब्ध हुने बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।

हाल यस बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिट सञ्चालनमा छ भने चाडपर्वलाई लक्षित गरी यही भदौ १ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्समा ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको वहार’ नामक ग्राहकमुखी योजनासमेत सञ्चालन गरिएको छ ।

बैंकले देशभर रहेका शाखाहरूमार्फत निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ, भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवालगायतका सेवाहरू दिइरहेको छ । बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक सुविधा र व्याजदरमा आवास तथा शेयर कर्जा पनि सञ्चालनमा ल्याएको छ ।