देश

तीन वर्षदेखी फरार अभियुक्त पक्राउ

काठमाडौं भदौ १९– तीन वर्षदेखी फरार रहेका ज्यान मार्ने उद्योगका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखा, टेकुको टोलीले सिन्धुपाल्चोकका गान्टे भन्ने प्रकाश गोले ९२७ वर्ष० लाई पक्राउ गरेको हो।

गोलेले २०७३ असार २३ गते काठमाडौं गोकर्णेश्वरको माकलबारीमा सम्बर बहादुर तामाङमाथी खुकुरी प्रहार गरी फरार भएको प्रहरीले बताएको छ। महाशाखाको टोलीले गोलेलाई बिहिबार टेकुबाट पक्राउ गरेको जानकारी दिएको छ। घटनामा संलग्न किरण तामाङ भन्ने किरण श्रेष्ठ भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ। पक्राउ परेका गोलेलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ।

Featured