राजनीति

हिन्दु राज्य बनाउने पक्षमा कांग्रेस छैन : निधि

काठमाडौ, भदौ १९–कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हिन्दु राज्य बनाउने पक्षमा पार्टी नरहेको स्पष्ट बताएका छन् । महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा पार्टी नरहेको प्रष्टयाएका हुन्।

पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले धर्म निरपेक्ष राज्यको मान्यतालाई स्वीकारेको बताए। पार्टीको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएको उनले स्पष्ट पारे। उनले भने, कांग्रेस त्यो मान्यतामा अडिग रहेको उनले बताएका छन्।

Featured