देश

आफैँबीचको टकराबले पोल्ट्री व्यवसाय संकटमा

नवलपुर, भदौ १९–कृषि क्षेत्रको एकमात्र आत्मनिर्भर पोल्ट्री व्यवसाय आफ्नै बीचको टकराबले यो क्षेत्र संकटमा परेको व्यवसायीहरुले नै औल्याएका छन् । आत्मनिर्भर बनेको यसको विकासमा एकजुट नहुदाँ नै अहिलेको विकराल अवस्था आएको भन्दै उनीहरुले एकजुट हुनुको विकल्प नरहेको समेत तर्क गरेका छन् ।

नेपाल पोल्ट्री सप्लार्यस कल्याणकारी संघको नवलपुरमा सम्पन्न ९ औँ केन्द्रीय साधारणसभामा बोल्ने पोल्ट्री क्षेत्रकै अगुवाहरुले व्यवसायिक हितमा अब पनि एकजुट नभए पोल्ट्री क्षेत्र धरासायी हुनेतर्फ सचेत गराएका छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेलले पोल्ट्री क्षेत्रलाई बचाउन व्यवसायीबीचको अवस्थ्य प्रतिस्पर्धा र स्वदेश उन्मुख उत्पादनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा अन्य सहभागिले कुखुराजन्य उत्पादनमा नयाँ पोल्ट्री नीति आवश्यक भएकोमा जोड दिएका छन् ।