भ्लादिभोस्तोक, भदौ १९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसलाई एक अर्ब अमेरिकी डलर ऋण दिने घोषणा गरेका छन्।
विकास खर्चको लागि भारतले रुसलाई एक अर्ब अमेरिकी डलर ऋण दिन लागेको हो। रुसको भ्लादिभोस्तोकमा जारी पाँचौ इस्टर्न इकोनोमिक फोरम इइएफमा संवोधन गर्दै मोदीले भारतले रुससँग व्यापारिक सम्बन्ध बढाउन चाहेको बताएका छन्।
रुसका राष्ट्रपति भ्लादमिर पुटिनको उपस्थिती रहेको कार्यक्रममा मोदीले ‘एक्ट फार इस्ट’ नीति पेश गरेका थिए। रुसको सुदुरपूर्वी क्षेत्रसँग व्यापारिक गतिविधि मजबुत बनाउने लक्ष्यका साथ यस नीति ल्याइएको जनाइएको छ।
बुधबारदेखि दुईदिनका लागि मोदी रुस भ्रमणमा पुगेका छन्।
प्रतिक्रिया दिनुहोस