खेलकुद

विश्वकप छनोट : आज कुवेत र नेपाल भिड्दै

काठमाडौ– विश्व कप छनोट खेलमा नेपाल आज कुवेतविरुद्ध मैदानमा उत्रदै छ। आफ्नो पहिलो खेल जित्दै नेपाल प्रतियोगितामा शुखद शुरुवात गर्ने तयारीमा छ। नेपालले अहिलेसम्म कुवेतसँग ६ खेल खेल्दा ५ मा हार बेहोरेको छ भने १ खेलमा बराबरी गरेको छ। खेल नेपालीसमय अनुसार बेलुका ११ बजे हुनेछ।यसअघि पहिलो खेलको तयारीका लागि नेपालले मलेसियाको लिग च्याम्पियन टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेलमा नेपाली टोली १–० हारेको थियो।

नियमित कप्तान विराज महर्जन भने टिममा परेका छैनन्।नेपाली टिममा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अजित भण्डारी, दीनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्यालका साथैरोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन्। नेपालले दोस्रो खेल भदौ २४ गते चाइनिज ताइपेसँग खेल्नेछ। विश्व कप छनोटमा नेपाल, कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे एउटै समुहमा छन्।

Featured