खेलकुद विदेश

पाकिस्तानमाथि अफगानिस्तानकाे सानदार जित

काठमाडौं, भदौ १९-श्रीलंकामा आज बाट सुरु भएको एसीसी यू–१९ एसिया कपको पहिलो दिनको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८४ रनले हराएको छ। पाकिस्तानमाथि सानदार जित निकाल्ने क्रममा अफगानिस्तानका बलरले महत्वपूर्ण भूमिका खेले।

श्रीलंकाको कोलम्बो स्थित पीएसएस मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४६ ओभरमा झारीएको खेलमा नौ विकेट गुमाएर एक सय ६२ रन बनायो।

मध्यम सुरुवात गरेको अफगानिस्तानका मिडिलअडरका खेलाडी विच राम्रो साझेदारी हुन सकेन। पहिलो विकेटका लागि उसले ४७ रनको साझेदारी गरेको थियो। तर त्यसपछि उसले ९५ रन बनाउँदा पाँच विकेट खेर फाल्यो। उसका कप्तान फरहान जाखीलले १९ रन बनाए भने सदिकुल्लाह अतलले २९ तथा रहमनुल्लाहले २७ रनको योगदान गरे।

तर त्यसपछि असिफ मुसाजे सात तथा खरोटे तीन रनमा आउट भएपछि उसले एक सय १९ रनमा सात विकेट गुमायो। त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन। सफिकुउल्लाह घफारीले १३ रन बनाए भने मोहम्मद अस्फाक १२ रनमा पेभेलियन फर्किए। यस्तै अबीदुल्लाह तनीवालले सात तथा फजल हाकीले खाता खोल्न सकेनन्।

बलिङमा पाकिस्तानका अमिर अली र फहाद मुनीरले तीन तीन विकेट लिए।

जवाफमा पाकिस्तान १९ ओभर चार बलमा ७८ रनमा अलआउट भयो। पाकिस्तानी बलरसामु निकै निरीह देखिएको पाकिस्तानका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके। जसमा उसका कप्तान रोहिल नाजिरले १६ तथा इरफान खानले १९ रन बनाए । अरु खलाडी एकपछि अर्को रुपमा आउट भए।

Featured