देश

साइकल वितरण कार्यक्रममा विवाद

महोत्तरी, भदौ १९–महोत्तरीको बलवा नगरपालिकामा ‘बेटी बचाउँ, बेटी पढाउँ’ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा विवाद भएको छ । वडा नम्बर ७ स्थित बनौटा माध्यमिक विद्यालयमा साइकल वितरण कार्यक्रममा विवाद हुँदा वडाअध्यक्ष विजय महतोले प्रध्यनाध्यापक महेश झामाथि हातपात गरेका छन् ।

साइकल वितरणका विषयमा विवाद हुँदा वडाध्यक्षले प्रअ माथि हातपात गर्दा विद्यार्थीसमेत घाइते भएका छन् । अहिले बनौटा तनावग्रस्त रहेको छ । विद्यार्थी र स्थानीयले प्रअमाथि हातपात गरेको विरोध गर्दै वडाध्यक्ष महतोको घर घेराउ गरेका छन् । घटनाको विस्तृत विवरणा आउन बाँकी छ ।

Featured