देश

पत्रकार हमालको रिहाईको माग गर्दै ज्ञापन

नवलपुर, भदौ १९–कास्कीका पत्रकार ओम हमाललाई यथाशीघ्र रिहाई गर्न माग गर्दै नवलपुर पत्रकार महासंघले जिल्ला प्रशासन नवलपुरमा ज्ञापन पत्र बुझाएको छ। पत्रकार महासंघ नवलपुर शाखाका अध्यक्ष होम राज रानाभाट नेतृत्वको टोलिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। ओम हमालले पत्रकारिताको क्षेत्रमा लामो समयदेखि निरन्तर भ्रष्टाचार, अन्याय र बेथितिबिरुद्द कलम चलाउदै आएका छन।

महासंघ कास्कीका साधारण सदस्य समेत रहेका हमाल जनसंचार डटकमका संचालक सम्पादक हुन। हमाललाई अदालतले रिहाइको आदेश दिए पनी मंगलबार विहान प्रहरीले पुनस् पक्राउ गरेको थियो। आज देशभरका पत्रकारहरुले हमालको रीहाईको लागी ज्ञापन पत्र प्रशासनमा बुझाएका छन्।