देश

पूर्वसभासद डिबी कार्की पक्राउ

काठमाडौं, भदौ १९–सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर पहिलो संविधानसभाका सभासद डोलबहादुर कार्की (डिबी)लाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका कार्कीलाई फैसला कार्यान्वयन निर्देशनालय र सीआइबीको टोलीले पक्राउ गरेको हो ।

सभासद हुँदा प्रहरी निरिक्षक बनाइदिन्छु भन्दै पैसा असुलिरहेका बेला रंगेहात पक्राउ परेका डोलबहादुर कार्की भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । २०६७ सालमा विशेष अदालतले पनि उनलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । कार्कीले गरेको पुनरावेदनमा न्यायाधीश दीपक कुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार विशेष अदालतकै फैसला सदर हुने ठहर गरेको थियो ।

अख्तियारले २०६७ साल फागुनमा कार्की र उनका सहयोगी स्वामी ब्रम्हानन्द उदासिनलाई काठमाडौंको भिमसेनगोलाबाट घूस रकम एक लाखसहित पक्राउ गरेको थियो । कार्की तत्कालिन नेकपा एमालेबाट समानुपातिक सभासद रहेका थिए ।

Featured