देश

चिनियाँ विदेशमन्त्री आइतबार काठमाडौं आउँदै

काठमाडौं, भदौ १९–चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि आइतबार (भदौ २२ गते) नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी नेपाल भ्रमणको तयारी र राजनीतिक सम्बन्ध विस्तारका विभिन्न एजेन्डामा छलफल गर्न विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्।

तर परराष्ट्र मन्त्रालयका अधिकारीले भने चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमण मितिबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। ‘नेपाल भ्रमण निम्तो दिइएको हो तर आइतबार नै आउनेबारे थाहा भएन,’ मन्त्रालयका एक अधिकारीले भने। ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने मन्त्री वाङ यी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक भ्रमण लागि ११ अक्टोबरमा भारत जाँदैछन्। भारतबाट फर्किनेक्रममा अक्टोबर १५ मा केही घण्टाका लागि नेपाल आउने जनाइएको छ।