खेलकुद

यू–१९ एसिया कप क्रिकेट आजबाट, नेपालको खेल भोलि

काठमाडौं, भदौ १९–एसीसी यू–१९ एसिया कप क्रिकेट बिहिबारबाट श्रीलंकामा आयोजना हुँदैछ। श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र कुवेत प्रतिस्पर्धा गर्दैछन् भने आज नै अर्को खेल अफगानिस्तान र पाकिस्तानबीच हुनेछ। आज समूह ’ए’ का खेल हुँदैछन्। नेपाल समूह ’बी’ मा छ । नेपालसहित समूह बी का खेल शुक्रबारबाट सुरु हुनेछन्। नेपालले पहिलो खेल शुक्रबार आयोजक श्रीलंकासँग खेल्नेछ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र भदौ २४ गते अन्तिम खेल युएईसँग खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। प्रतियोगिता अघि नेपालले तयारी स्वरूप तीन अभ्यास खेल खेलेको थियो। जसमा नेपालले दुई हार र एक जित निकालेको थियो।

Featured