काठमाडैं, भदौ १८–श्रीलंकमा सुरु हुने एसीसी यू१९ एसिया कप प्रतियोगिताको लागि बंगलादेशले टोली घोषणा गरेको छ। उपाधि हात पार्ने दाउमा रहेको बंगलादेशको टोली तुलनात्मक रुपमा बलियो मानिएको छ।
बंगलादेशले गत वर्ष यू१९ विश्वकपमा शतक प्रहार गर्ने तौहीद हृदोयसहित १५ सदस्यीय टोलीको टुङगो लगाएको हो। टिममा बंगलादेश प्रिमियर लिग खेलि सकेका खेलाडीहरुको पनि वर्चश्व रहेको छ। सन् १९८९ देखी सुरु भएको एसीसी यू १९ एसिया कपमा बंगलादेशले अहिले सम्म फाइनल नपुगेको कारण यसपाली भने फाइनल सम्मको यात्रा गर्ने प्रमुख उद्देश्य लिएको छ.।
अकबर अलीको कप्तानी र तोहीद ह्रिदोयको उपकप्तानीमा रकिबुल हसन, मिर्टुनजोय चौधरी निपुर्ण, शरिफुल इस्लाम, तनिज हसन, तजिम हसन सकीब, मोहम्मद हसन इमोन, मोहम्माद शाहिन एलोम, अनिक शरकिर, मिनजुर रहमान मोहन, मोहम्मद हसन जोय, अस्रफुल इस्लाम सलिम, समिम हसन र सहादत हसनले टोलीमा स्थान बनाएका छन्। समुह ‘बी’ मा रहेको बंगलादेशले पहिलो खेल सेप्टेम्बर ६ मा युएईसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस