देश

साथीबीचको झगडामा १ को मृत्यु, २ जना पक्राउ

काठमाडौं, भदौ १८– काठमाडौँको कपनमा साथी(साथीबीच एकापसमा झगडा हुँदा एक जनाको ज्यान गएको छ । बूढानीलकण्ठ नगरपालिका( १० आदर्शनगरमा मंगलबार राति दुई साथी(साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको ज्यान गएको हो ।

झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पतालमा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । हत्यामा संलग्न संखुवासभाका प्रेम राई र सुशांक राईलाई प्रहरीले बुधबार बिहान कपनबाट पक्राउ गरेको छ । तीनै जना कपन क्षेत्रमा घरमा टायल, मार्बल हाल्ने काम गर्ने गरेका र एकापसमा विवाद भएपछि ढुंगाले हानेर हत्या भएको चन्दले बताए ।

Featured