खेलकुद विदेश

युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए फेडेरर

काठमाडौं, भदौ १८–स्विस खेलाडी रोजर फेडेरर युएस ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिइएका छन् । बुधबार बिहान भएको खेलमा फेडेरर ग्रिगोर डिमित्रोभसँग ३–२ को सेटमा पराजित हुँदै अन्तिम आठबाटै बाहिरिएका हुन् । न्युयोर्कमा भएको प्रतिस्पर्धात्मक खेलमा फेडेरर पाँच सेटको खेलमा पराजित हुन पुगे ।

फेडररले २ पटक लिएको अग्रता जोगाउन सकेनन् । पहिलो सेट ६–३ ले जितेका फेडेररले दोस्रो सेट ४–६ ले गुमाए । तेस्रो सेटमा खेलमा फर्किएका फेडरररले ६–३ ले जिते । चौथो र पाँचौ सेटमा डिमित्रोभले फेडेररलाई मौका नै नदिइ ६–४ र ६–२ को जित हात पारे ।

Featured