देश

संसदले खरिद गरेका गाडीमा गुणस्तरहीन पाटपुर्जा

काठमाडौं, भदौ १८–संघीय संसदले संसदीय समितिका सभापतिहरुका लागि खरिद गरेका गाडीमा गुणस्तरहीन पाटपुर्जा प्रयोग भएको ठहर भएको छ । संसदीय समितिका सभापतिहरुका लागि किनिएका गाडी एक महिनामै बिग्रिएपछि छानबिन गर्न गठित समितिले यस्तो प्रतिवेदन तयार पारेको हो ।

छानबिन समितिले सो प्रतिवेदन मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको छ । सभापतिहरुले नयाँ गाडी बिग्रिनुमा अनियमितताको आशंका गरेपछि राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेर छानविन सुरु गरिएको थियो । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।