देश

देशभर ५० वटा चार्जिङ स्टेसन बन्दै

काठमाडौं, भदौ १८–नेपाल विद्युत प्राधिकरणले देशभरका ५० स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । सुरुमा २० चार्जिङ स्टेसन बनाउने लक्ष्य राखेको प्राधिकरणले विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि ५० चार्जिङ स्टेसन निर्माण प्रक्रिया अघि बढाएको हो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले करिब ५० करोडको लागतमा ५० चार्जिङ स्टेसनको निर्माणको प्रक्रिया अघि बढाएको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकले छापेको छ ।