देश

सुन र चाँदीको मूल्य बढ्यो, यस्तो छ ताजा मूल्य

काठमाडौं, भदौ १८– आज सुनको मूल्य एक हजारले बढेको छ। यस्तै चाँदीको मूल्य पनि रु ४५ ले बढेको छ।

मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ।

यसैगरी मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ४५ बढेर ९४० मा कारोबार भएको हो।

Featured