खेलकुद विदेश

स्मिथ फेरी टेष्ट क्रिकेटको बरियताको शिर्ष स्थानमा

BIRMINGHAM, ENGLAND - AUGUST 04: Australia batsman Steven Smith fails to connect with a Moeen Ali beamer during day four of the First Specsavers Test Match between England and Australia at Edgbaston on August 04, 2019 in Birmingham, England. (Photo by Stu Forster/Getty Images)

एजेन्सी, भदौ १७–अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ १३ महिना पछि पुनः टेस्ट क्रिकेटको शीर्ष वरियतमा आएका छन् । बल टेम्पिरिङ काण्डपछि १ वर्ष प्रतिबन्ध झेलेका स्मिथले एसेजमा पुनरागमन गरेका हुन् । डिसेम्बर २०१५ देखि लगातार टेस्ट वरियतामा शीर्ष स्थानमा रहेका स्मिथ २०१८ मा बल टेम्पिरिङ काण्डले प्रतिबन्धमा परेका थिए ।

उनी प्रतिबन्धमा परेपछि भारतीय टेस्ट क्रिकेटका सफल कप्तान विराट कोहली शीर्ष स्थानमा उक्लिएका थिए । तर एसेजबाट पुनरागमन गरेका स्मिथले अहिले फेरि कोहलीलाई पछि पारेका हुन् । स्मिथ ९०४ अंक सहित शीर्ष स्थानमा रहँदा कोहली ९०३ अंक सहित दोस्रो स्थानमा छन् । चौथो र पाँचौ उत्कृष्ट व्याटिङ गरे वरियताको अंक बढाउने मौका स्मिथसँग रहेको छ ।

८७८ अंकसहित न्यूजिल्याण्डका केन विलियम्सन तेस्रो तथा ८२५ अंक जोडेका भारतका चेतेश्वर पुजारा चौथो नम्बरमा छन् । न्यूजिल्याण्डक हेनरी निकोलस भने ७४९ अंकसहित पाँचौं स्थानमा रहेका छन् ।

Featured