खेलकुद देश

पुबुदु दसानायके फेरि नेपाल आउँदै

काठमाडौं, भदौ १७–पुबुदु दसानायके फेरि नेपाल आउने भएका छन् । चार वर्षअघि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको भूमिका सफलतापूर्वक निर्वाह गरेका उनी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भैरहवा ग्लाडियटर्सका खेलाडीलाई प्रशिक्षण दिन नेपाल आउन लागेका छन् ।

ग्ल्याडियर्टसले पुबुदुलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।ग्लाडियटर्सका मालिक आदित्य साँघाईले दसानायकेलाई लामो समयका लागि अनुबन्ध गरेको बताएका छन् । चौथो संस्करणको ईपीएल आगामी फ्रेबुअरी २९ देखि मार्च १४ सम्म आयोजना हुनेछ । शरद भेषावकर कप्तान रहेको भैरहवा गत वर्षको उपविजेता टोली पनि हो ।

सन् २०११ मा पुबुदु नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षकमा नेपालले डिभिजन ४, ३, २ को उपाधि जितेको थियो भने २०१४ को टी२० विश्वकप पनि खेलेको थियो । क्यानको विवादका कारण पुवुदु सन् २०१५ मा प्रशिक्षक पद छाडेर अमेरिका गएका थिए ।

Featured