देश

चितवनका माझी तथा मुसहर समुदायको जीवनमा परिवर्तन

चितवन, भदौ १७–खोला तथा नदी किनारामा माछा मारेर आँफ्नो जीवन गुजारा गर्दै आएका चितवनका माझी तथा मुसहर समुदायको जीवनमा परिवर्तन देखिन थालेको छ । एउटै कोठामा आमाबुबा, छोराछोरी, बुहारीहरु समेत मुसहर बस्तीमा बस्दै आएकामा अहिले कसैले दुई कोठे त कसैले तीन कोठे घर निर्माण गरेका छन ।

उनीहरुले पानी जम्ने ठाउँ पुरेर सडकसमेत बनाएका छन् । घरमा सपरिवार एउटै कोठामा कष्ट सहेर बस्नुपर्ने बाध्यताका २२ मुसहर परिवार अहिले नयाँ घर बनेसँगै दङ्ग देखिएका छन् । रत्ननगर नगरपालिकाको ३० लाख र लुमन्ती आवासका लागि सहयोग समूहको ३० लाख गरी ६० लाखको लागतमा त्याहा घर बनेका हुन् ।

सोही कोषको रकमबाट ऋण अनुदानमा घर निर्माण गरेका मुसहरहरुले आँफुहरुले यस्तो पक्की घरमा बसिएला भनेर नसोचेको बताएका छन् । २ लाख ऋण लिएका मुसहरहरुले १२ लाख सम्मको लागतमा घर निर्माण गरेका छन । कसैले दुई लाखकै पैसामा पुराना काठपात प्रयोग गरेर घर निर्माण गरेको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले बताए । पहिले सामूहिक शौचालयमा जाने उनीहरुका हरेक घरमा अहिले शौचालय बनेका छन् ।

Featured