काठमाडौँ, भदौ १७–मंगलबार दिउँसो १ः१० बजेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक भिडियो कन्फ्रेन्स गरी छलफल गरेका छन् । हाल सिंगापुरमा स्वास्थ्य उपचार गराई रहेका प्रधानमन्त्री ओलीले दोस्रो पटक क्याविनेट सदस्यहरुसँग भिडियो कन्फ्रेन्सद्वारा छलफल गरेको राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी गराएका छन् ।
रिमालका अनुसार छलफलका क्रममा प्रधानमन्त्री ओलीले सरकारका कामको बारेमा जानकारी लिएका छन् भने उनले आफ्नो उपचारबारे पनि मन्त्रीहरुलाई जानकारी गराएका छन् ।
भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका प्रधानमन्त्री ओलीको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार प्रक्रिया सोमबार गरिएको थियो भने बुधवार अन्तिम चरणको उपचार प्रक्रिया रहेको छ । प्रधानमन्त्री ओली आगामी शुक्रबार सम्म स्वदेश फर्कने कार्यक्रम रहेको उच्च स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस