देश

फरार प्रतिवादी पक्राउ

बाँके, भदौ १७-जिल्ला अदालत बर्दियाको २०६८ पुस २१ गतेको फैसला बमोजिम डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र २७ हजार ९ सय रुपैयाँ जरिवाना तोकीएका फरार प्रतिवादी बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने ३३ वर्षीय नरेन्द्र न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जमुना भन्सारबाट फेला पारी उनलाई पक्राउ गरेको हो। मोटरसाइकलमा राखि कार्यालयतर्फ लैजाने क्रममा नेपालगंज उपमहानगरपालिका-२० राँझा चोक नजिकै पुग्दा प्रतिवादी न्यौपाने मोटरसाइकलबाट हाम फाली भागे पश्चात प्रहरीले फायर गरी नियन्त्रणमा लिने क्रममा न्यौपानेको बाँया खुट्टामा १ राउण्ड गोली लागि घाइते भएका थिए। न्यौपानेको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Featured