खेलकुद देश

ज्ञानेन्द्र मल्लले पाँच राष्ट्र सम्मेलित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने

काठमाडौं,भदौ १७-नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो व्यक्तिगत कारण देखाउँदै आगामी असोज तेस्रो साता देखि हुने पाँच राष्ट्रबीच हुने टी-ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपालसहित आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिता असोज १८ देखि २३ गतेसम्म हुँदैछ। नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ। यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ।