देश

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

सुर्खेत, रासस, भदौ १७–कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डमा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

उक्त बसको ठक्करबाट घाइते भएका सोरू गाउँपालिका–२ मुगुका १९ वर्षीय लोकजङ्ग शाहीको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचारका क्रममा मृत्यु भएको हो।

मुगुका धनबहादुर बुढाले सोमबार राति जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएपछि सुरक्षा संयन्त्रमार्फत घाइतेलाई उपचारका लागि राति नै उक्त अस्पताल पुर्याइएको थियो। ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए।