विदेश

क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा मध्यरात डुङ्गामा आगलागी, २५ जनाको मृत्यु

लस एन्जेलस, एजेन्सी, भदौ १७–क्यालिफोर्निया स्थित सान्टा क्रुज द्वीपमा गएको मध्यरात डुङ्गामा आगलागी हुँदा डुङ्गामा सवार २५ जना व्यक्तिहरुको मृत्यु भएको छ। यस दुर्घटनामा परि अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रहरीका अनुसार बेपत्ताहरुको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। तटीय गार्ड क्याप्टेन मोनिका रोचेस्टरका अनुसार स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे उक्त दुर्घटना भएको बताएका छन्।

सो डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताएका छन्। सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ।–सिन्ह्वा

Featured