मनोरंजन विदेश

अक्षय कुमारलाई भेट्न उनका फ्यान १८ दिनसम्म लगातार ९०० किमी हिँडे

काठमाडौं, एजेन्सी, भदौ १७-बलिउड अभिनेता अक्षय कुमारले आइतबार आफ्नो एक जना फ्यानको भिडियो र तस्विर सामाजिक संजालमा शेयर गरे।

प्रभात नामका ती फ्यान अक्षय कुमारलाई भेट्नको लागि १८ दिन लगाएर ९०० किमी पैदल हिँडेर मुम्बई पुगेका थिए।

अक्षयले भिडियो शेयर गर्दै लेखेका छन् ,‘ यी प्रभात हुन्। उनीसँग मेरो आज बिहान भेट भयो। यी मलाई भेट्नको लागि १८ दिनसम्म द्वारकाबाट पैदल हिँडेर मुम्बई आएका हुन् । यदी हाम्रा युवाले यस्तै खालको प्लानिङ र दृढ निश्चय आफ्नो लक्ष्य पाउनको लागि लगाए भने तिनलाई कसैले पनि रोक्न सक्दैन।’

अक्षयले प्रभातबारे एउटा अर्को पोस्ट शेयर गरेका छन् जसमा उनले यस्तो माया पाएर आफूलाई धेरै खुसी महसुस हुने लेखेका छन्।

तर उनले यस्तो कामलाई बढावा नदिन पनि भनेका छन्। उनले युवालाई आफ्नो समय र ऊर्जा जीवन राम्रो बनाउनको लागि लगाउन आग्रह गरेका छन्।

भिडियोमा प्रभातले अक्षयसँग कुरा गर्दै आफू उनको फ्यान भएको प्रमाणित गर्नको लागि हिँडेर आएको बताएका छन्।

Featured