देश

अवैध घरेलु मदिरा नष्ट

बझाङ, भदौ १७–जयपृथ्वी नगरपालिका(१० चैनपुर बजारस्थित भोटे गल्ली र दौलीचौर गल्लीका होटल पसलहरुबाट अवैध घरेलु तयारी मदिरा २३५ लिटर र कच्चा पदार्थ २ हजार ६० लिटर प्रहरीले नष्ट गरेको छ ।

अवैध मदिरा नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यअनुरुप जिल्ला प्रहरी कार्यालय बझाङ तथा मातहतबाट खटिएको प्रहरीले जिल्ला प्रशासन कार्यालय बझाङका प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उपस्थितिमा उक्त मदिरा बरामद गरी नष्ट गरेको हो ।