स्याङ्जा, भदौ १७–आफ्नै ससुरा नाता पर्ने ७० वर्षीय पूर्णबहादुर नेपालीलाई दाउराको चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा बिरुवा गाउँपालिका(१ बर्जा बस्ने ४१ वर्षीय शुकबहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिरूवाबाट खटिएको प्रहरीले शुकबहादुरलाई पक्राउ गरेको हो । घाइते पूर्ण बहादुरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस