विदेश

चार तले भवन भत्किँदा चार जनाको मृत्यु, ३ जना घाइते

एजेन्सी, भदौ १७–उत्तर पूर्वी दिल्लीको सिलमपुरमा गएराति चार तले भवन भत्किदा दुई जनाको मृत्यु भएको छ भने तीन जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । अझै केही फँसिरहेको आशंकामा खोजी कार्य जारी राखिएको छ ।

यस्तै अन्ध्र प्रदेशको विशामखापट्टनममा एक निर्माणाधीन भवनको पर्खाल भत्किदा दुई जनाको मृत्यु भएको छ । सो घटनामा मणि र मोहमद यासिन नाम गरेका दुई जनाको मृत्यु भएको हो । प्रत्यक्षदर्शीले दुर्घटनाको समयमा ५ देखि ७ जना भवनमा रहेको बताइएको छ । दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

Featured