देश

दसैंको टिकट भदौ २५ देखि खुल्न सक्ने

काठमाडौं, भदौ १७–सरकारको प्रस्तावमा व्यवसायी सहमत भए दसैंको टिकट भदौ २५ देखि खुल्ने भएको छ । सरकारले राखेको प्रस्तावमाथि भोलि (बुधबार) यातायात व्यसायी र सरकारबीच छलफल हुँदै छ ।

व्यवसायीले भाडा बढाउन राखेको मागमा सरकार सहमत भए प्रस्तावित मितिमै दसैंको टिकट खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । व्यवसायीले २०६९ सालदेखि वैज्ञानिक भाडा समायोजन नभएको भन्दै सरकारलाई दबाब दिइरहेका छन् ।

Featured