देश

मापदण्डविपरीत सडक बनाउँदा दर्जनौं बस्ती जोखिममा

काठमाडौं, भदौ १७–स्थानीय तहले विकासका नाममा जताततै डोजर लगाएर सडक खनेपछि त्यसको गम्भीर असर देखिन थालेको छ। कुनै अध्ययन र योजनाबिना डोजरले खोस्रेका सडक विनाशकारी बन्दैछन्। यस्ता सडकमा सवारी दुर्घटना भएर कयौंले अकालमै ज्यान गुमाएका छन्।

यिनै सडकका कारण वर्षामा पहिरो गएर कयौं घर भत्की दर्जनौं परिवार विस्थापित भएका छन्। कयौं बस्ती उजाड बनेका छन्। सभाव्यता अध्ययन, त्यसपछि डिपिआर गरेर मात्र सडक खन्ने प्रावधान लत्याउँदै जहाँ मन लाग्यो त्यहाँ डोजर चलाएर पहाडलाई चिथोर्दा सुदूरपश्चिमका थुप्रै बस्ती जोखिममा परेका छन्।

‘विकासका नाममा विनाश गरेको छ’, बझाङको थलारा गाउँपालिका ९ अफलाका शिव बिष्ट भन्छन्, ‘वर्षामा सडकको पहिरोले घर र कमाउने जमिन सबै पुरिएर मेरो उठिबास भयो। ’ पहिरोका कारण तीन महिनापहिले खुट्टामा लागेको चोट निको नभएको उनको भनाइ छ। यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured