देश

सेवा विस्तार भएसँगै क्यान्सर अस्पतालको आम्दानी बढ्यो

चितवन, भदौ १६–वपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको सेवा विस्तार भएसँगै आन्तरिक आम्दानीमा वृद्धि भएको छ । अस्पतालका अत्यावश्यक सेवा सञ्चालन भएपछि आम्दानी बढेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार गत आर्थिक वर्षमा ३२ करोड ५२ लाख ८२ हजार आम्दानी भएको थियो । अघिल्लो आवभन्दा १३ करोड ११ लाख ४३ हजार बढी आम्दानी भएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा १९ करोड ४१ लाख ३९ हजार तथा आव २०७३र ७४ मा अस्पतालको आम्दानी १८ करोड ४२ लाख ३१ हजार थियो । भदौ १५ गतेदेखि १९४ शय्या बढाएर ४४३ शय्या पु¥याइएको छ । क्यान्सर रोगीका लागि अत्यावश्यक रेडियोथेरापी मेशिनको अभाव छ ।

यहाँ दैनिक झण्डै १६० जनाले सेवा पाउने गरेका छन् । रेडियोथेरापी र प्याथोलोजी विभागका उपकरण पनि सञ्चालनमा आएका छन् । भिडियो एक्स–रे, म्यामोग्राफी र एमआरआई सेवा अवरुद्ध भए मर्मतसम्भार र नयाँ खरीद गरी सञ्चालनमा ल्याइएको छ । सिटी स्क्यान, एमआरआई तथा म्यामोग्राफी सेवा लिन पालो लिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।