देश

खोलाले बगाएर बेपत्ता

ओखलढुंगा, भदौ १६–ओखलढुङगाको सिद्धिचरण नगरपालिकामा खोलाले बगाएर एक व्यक्त वेपत्ता भएका छन् । खोलाले बगाउँदा सिद्धिचरण नगरपालिका–४ का ३७ बर्षीय सानोकाजी ठटाल बेपत्ता भएका हुन् ।

आईतवार अपरान्ह साँढे ५ बजेको समयमा गाई पुर्याउन चिसंखुगढी गाउँपालिका–८ तर्फ हिडेका ठटाललाई स्थानीय खोलाले बगाएको थियो । खोलाले बगाएको गाई घटनास्थल भन्दा करिव १०० मिटर पर सकुशल फेला परेको थियो भने बेपत्ता भएका ठटालको बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Featured